डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अघिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेली रु.२,००,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०१ गते ।
--------------------------------------------

डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अधिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेलीले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरु कृष्ण बहादुर देवकोटा र प्रमोद कुमार तेलीलाई रु. २,००,०००।– (दुई लाख) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download