जिल्ला बाँके, मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसमेत ३ जना घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।०९ गते।
----------------------------------------------------

जिल्ला बाँके, मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (विचौलिया) मार्फत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज खरिदार हरिचन्द्र पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिई तिवारी रेष्टुरेण्ट संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निज खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुन र घनश्याम तिवारीलाई जिल्ला बाँके, कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तिवारी रेष्टुरेण्टबाट आज मिति २०८२।०२।०९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

घुस/रिसवत घुस/रिसवत
  

Other Press Release