जनस्वास्थ्य कार्यालय, धादिङका तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख डा. नरेश प्रताप के.सी.समेत ३ जना उपर आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२२ गते ।
-------------------------------------------------

जनस्वास्थ्य कार्यालय, धादिङका पियन हरिबहादुर हमाल र लेखनदास नारायण श्रेष्ठबिरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंबाट निजहरुले भ्रष्टाचारको कसुर गरेको ठहर्‍याई निज प्रतिवादीहरुलाई जरिवाना गर्ने गरी फैसला भएबमोजिम निजहरुले जरिवाना तथा बिगो तोकिएबमोजिम बुझाएपनि हालसम्म कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख डा. नरेश प्रताप के.सी.ले फैसलाको जानकारी प्राप्त गरेपछि पनि पियन हरि बहादुर हमाललाई कारवाही नगरी २०६० साल मंसिरदेखि २०६० साल फागुनसम्मको निज हरिबहादुर हमाललाई चार महिनाको जम्मा रु. १४,९०८।४० भुक्तानी गरेको देखिंदा नेपाल सरकारको रकम हानिनोक्सानी गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज डा. नरेश प्रताप के.सी.ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिंदा निजले हानिनोक्सानी गरेको रु. १४,९०८।४० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रकम निजबाट सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।  

पियन हरि बहादुर हमालले भ्रष्टाचार कसुर गरेको ठहर भएको जानकारी गराइएको पत्र प्राप्त भएपछि मिति २०६०।०२।०५ देखि मिति २०७२।०८।१५ सम्म नियमित सेवामा कार्यरत रही उक्त अवधिमा तलब भत्ता लगायतको सेवा सुविधा, राजीनामा पश्चात नियमानुसारको करकट्टी गरेर उपचार खर्चबापतको रकम, संचित घरबिदा तथा बिरामी बिदा र निवृत्तभरण बापतको रकम गरी जम्मा हुन आउने रु. ३४,३३,६८३।४९ नेपाल सरकारको रकम हानिनोक्सानी गरेको स-प्रमाण पुष्टि हुन आएकोले तत्कालीन पियन हरि बहादुर हमालले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिंदा निजले हानिनोक्सानी गरेको रु. ३४,३३,६८३।४९ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र निजले हिनामिना गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन समेत मागदाबी लिइएको छ ।

साथै, जनस्वास्थ्य कार्यालय धादिङका तत्कालीन बरिष्ठ जनस्वास्थ्य प्रशासक (हाल राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा बरिष्ठ जनस्वास्थ्य प्रशासक) जीवन कुमार मल्लले भ्रष्टाचार कसुर गरेको ठहर भएको जानकारी गराइएको पत्र प्राप्त भएपछि पियन हरि बहादुर हमालले दिएको राजीनामा स्वीकृत गरी नियमानुसार कर कट्टी गरेर उपचार खर्चबापतको रकम, संचित घरबिदा तथा बिरामी बिदाबापतको रकम गरी जम्मा रु. ७,६४,६४३।– भुक्तानी दिएको र निजले सिफारिस गरेको आधारमा निबृत्तभरणबापतको रकमसमेत हरि बहादुर हमालले बुझेकोले उक्त शीर्षकको जम्मा हुन आउने रु. १४,७०,३७९।८० हरि बहादुर हमाललाई भुक्तानी भएको देखिंदा निज जीवन कुमार मल्लले नेपाल सरकारको रकम हानिनोक्सानी गरेको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिंदा निजले हानिनोक्सानी गरेको रु. १४,७०,३७९।८० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र निजले हिनामिना गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21