जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका वडा नं. ६ का डोर बहादुर कार्कीउपर घुस/रिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।
-------------------------------------------------
सरकारी साक्षीको रुपमा बकपत्रको लागि विशेष अदालत काठमाडौंमा उपस्थित भएका जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका वडा नं. ६ का डोर बहादुर कार्कीले आफैले आयोगमा उजुरी दिई वादी नेपाल सरकार प्रतिवादी केदार गिरीसमेतको सम्मानित विशेष अदालतमा दायर भएको मुद्दामा सरकारी साक्षीको रुपमा अदालतमा बकपत्र गर्दा प्रतिकुल बकपत्र गरेको प्रतिवेदनउपर अनुसन्धान हुँदा सिद्धार्थ मा.वि. कुशुम्हाका प्र.अ. लेखनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले नवलपरासी जिल्ला अन्तर्गत पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ स्थित श्री सिद्धार्थ मा.वि. कुशुम्हाबाट श्री राजा महात्मा पूर्णभद्र मा.वि. बर्दघाट-९ पञ्चनगर नवलपरासीमा सरुवा भई आउने क्रममा सरुवा सहमति र रमानापत्र दिने प्रयोजनका लागि डोर बहादुर कार्कीसँग रु. ६५,०००।– घुस/रिसवत माग भएको भनी निज डोर बहादुर कार्कीले आयोगमा उजुरी दिई अनुसन्धानको काम कारवाहीमा सहयोग गरेको हुँदा निजउपर मुद्दा नचलाई सरकारी साक्षीको रुपमा प्रस्तुत गरिएकोमा निजले सम्मानित विशेष अदालतमा वकपत्र गर्दा झुठ्ठा एवं कपोलकल्पित व्यहोरा लेखाई निवेदन दिई अनुसन्धानका क्रममा गरेको सहयोग प्रतिकूल हुने गरी बकपत्र गरेको देखिएबाट निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको प्रावधान बमोजिम पुन: मुद्दा दायर गर्नुपर्ने देखिएको हुँदा निज डोर बहादुर कार्कीले आरोपिहरुलाई सजायबाट बचाउने उद्देश्यले विपरीत (झुठ्ठा) वकपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर अपराध गरेको देखिंदा निजलाई बिगो रु. ६५,०००।– कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भए बमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21