साविक तितिर्खी गाउँ विकास समितिका सचिव मुहानन्द खनालसहित ४ जनाउपर बिगो रु. ३,९१,२२७।३७ कायम गरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------
 
जिल्ला कपिलवस्तु साविक तितिर्खी गाउँ विकास समितिस्थित जमुवार नदीमा पुल निर्माण गर्दा तितिर्खी गाउँ विकास समिति तथा जिल्ला विकास समिति कपिलवस्तुबाट दोहोरो भुक्तानी लिएको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गाउँ विकास समिति सचिव, जिल्ला विकास समिति कपिलवस्तुका सह-लेखापल, उपभोक्ता समितिका अध्यक्षसमेतको मिलेमतोमा तितिर्खी गाउँ विकास समितिबाट कुनै ठोस कार्य सम्पन्न नै नगरी जिल्ला विकास समितिको बजेटबाट सम्पन्न गरिएको कामलाई नै देखाई गाउँ विकास समितिको रु. ३,९१,२२७।३७ (तीन लाख एकानब्बे हजार दुई सय सत्ताइस रुपैया सैतीस पैसा) उपभोक्ता समितिलाई दोहोरो भुक्तानी दिई गैरकानूनी हानी पुर्‍याउने बदनियतले देहायका व्यक्तिहरुले भ्रष्टाचार कसुर गरेको प्रमाणित हुन आएकोले देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. साविक तितिर्खी गाउँ विकास समितिका सचिव मुहानन्द खनाल र साविक जिल्ला विकास समिति कपिलवस्तुका सह-लेखापल गोले अलि धुनियाले बिना आधार, प्रमाण हचुवाको भरमा कुनै निर्माण कार्य नै नगरी जिल्ला विकास समितिबाट गरिएको निर्माण कार्यलाई गाउँ विकास समितिबाट गरेको हो भनी नेपाल सरकारको रकम हानिनोक्सानी गरी गैरकानूनी लाभ लिने मनसायले उपभोक्ता समितिलाई दोहोरो भुक्तानी दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई बिगो रु. ३,९१,२२७।३७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र सोही दफा ८ को उपदफा (१) बमोजि बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ ।
ख. उपभोक्ता समितिका अध्यक्ष अजिजुर्रहमान मुसलमान तथा सचिव पुनवासी कुर्मीले पुल निर्माण कार्यको साविक जिल्ला विकास समिति कपिलवस्तुसँग छुट्टै सम्झौता गरी सोही अनसार पेश्की लिई कार्य गरिरहेकोमा सोही कार्यलाई देखाई गाउँ विकास समितिबाट समेत दोहोरो भुक्तानी लिई साविक तितिर्खी गाउँ विकास समितिको रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको हुँदा निजहरुलाई बिगो रु. ३,९१,२२७।३७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो असुल उपर गरी जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 
 
 

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21