Online
Complaint

अन्तर्किया कार्यक्रम सम्पन्न

अन्तर्किया कार्यक्रम सम्पन्न

आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम बमोजिम “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटबल सम्पर्क कार्यालय नेपालगञ्जबाट मिति २०७९/१०/१६ गते गढवा गाउँपालिका, दाङका अध्यक्ष यमनारायण शर्मा पोखरेल विश्वासको प्रमुख आतिथ्यता र सम्पर्क कार्यालयका प्रमुख विजय राजपौडेलको अध्यक्षतामा गढवा गाउँपालिका, दाङमा सम्पन्न भयो।

उक्त कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरु एवं स्थानीय तहलाई आयोगका सुझावहरु सम्बन्धमा कार्यालय प्रमुख विजयराज पौडेल र शाखा अधिकृत झलक के.सी.ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेल विश्वासले भ्रष्टाचार नियन्त्रण गर्न सबैको सहयोग आवश्यक पर्ने बताउनु हुँदै गढवा गाउँपालिका भित्र रहेका सबै सार्वजनिक पदाधिकारीहरुले कानूनको पालना गर्न र सदाचार निर्माणमा ध्यान दिन आग्रह गर्नु भयो। उहाँले अख्तियारको कार्यप्रति आफ्नो सहयोग रहने वचन सहित कार्यक्रम सञ्चालन गर्नु भएकोमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो।

उक्त कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष एवं कार्यालय प्रमुख विजयराज पौडेलबाट छलफलमा उठेका सवालहरुको सम्बोधन गर्दै र भ्रष्टाचार नियन्त्रणमा सर्वपक्षीय चासो, सक्रियता र सहयोग हुनुपर्ने विषयमा जोड दिँदै भ्रष्टाचारजन्य कार्यको जानकारी हुनासाथ सूचना गर्न सबैमा आग्रह गर्नु भयो।साथै, कार्यक्रम आयोजना गर्न आवश्यक सहजीकरण गरिदिएकोमा गढवा गाउँपालिकाप्रति हार्दिक आभार प्रकट गर्नु भयो।

कार्यक्रममा पूर्व सभासद, गढवा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँ कार्यपालिका सदस्यहरु, गाउँपालिकाका शाखा प्रमुखहरु, गढवा गाउँपालिकामा रहेका मा.वि.का. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय गैर सरकारी संस्था तथा नागरिक समाजका प्रमुख प्रतिनिधिहरु, सञ्चारकर्मी, स्थायी प्रकृतिका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरु समेत १२० जनाको उपस्थिति रहेको थियो।


  

Other Events

"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ,बुटवल (सम्पर्क कार्यालय,नेपालगञ्ज)बाट बाँके जिल्लामा एक दिवसीय सामुदायिक शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।
2022/09/12