श्री जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका प्रधानाध्यापक महेन्द्र महतो रू.२,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०५ गते । 
-------------------------------------------- 
श्री जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका प्रधानाध्यापक महेन्द्र महतो (मा.वि.तृतीय श्रेणी) ले सेवाग्राहीलाई SEE परीक्षाको रजिष्ट्रेशन फारम नभरेकोले फारम भरी प्रवेशपत्र दिने भनी अभिभावकले प्रवेशपत्र लिन जाँदा घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक महेन्द्र महतोलाई सेवाग्राहीसँग रू.२,०००/- (दुई हजार) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित निजकै विद्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download