मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविक प्रदेश नं. २ हाल मधेश प्रदेश जनकपुरधामका (वोलपत्र मुल्यांकन समितिका पदाधिकारी/सदस्यहरु) तत्कालीन उप-सचिव दिलिप कुमार प्रधान, सि.डि.ई., अधिकृत, सहलेखापालसमेत ४ जना उपर गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।१८ गते।
------------------------------------------
 
प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, साविक प्रदेश नं.२, हाल मधेश प्रदेश जनकपुरधाम धनुषाले OCMCMS2/NCB/GOODS/077/78-06 बोलपत्रबाट लेडिज साइकल खरिद गर्दा अनियमितता गरी बदनियतपूर्वक कानून बिपरीतका कार्य गरी प्रदेश सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिएकोले खरिद प्रकृयामा संलग्न देहायका कर्मचारीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:-
(१) वोलपत्र मुल्यांकन समितिका पदाधिकारी/सदस्यहरु उप-सचिव दिलिप कुमार प्रधान (अध्यक्ष), अधिकृत आठौं सुरेन्द्र कुमार कर्ण, (सदस्य-सचिव), सह-लेखापाल राजाराम मण्डल (सदस्य) बोलपत्र मुल्यांकन समितिमा रही दोस्रो कम अंक (Second Lowest ) कवोल गर्नेलाई योग्यता सम्बन्धी मापदण्ड नपुग्दासमेत बदनियतपूर्वक छनौटका लागि सिफारिस गरी वोलपत्र मुल्यांकन गरी प्रतिवेदन पेश गर्दा गलत मनसायले बदनियतपूर्ण तवरबाट गलत प्रतिवेदन दिएको पाइएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) अनुसारको कसुर भएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद सजाय र जरीवाना गर्ने मागदाबी लिइएको छ ।
 
(२) सि.डि.ई. भगवान झाले वोलपत्र मुल्यांकन समितिको सदस्यको हैसियतमा रही निजले बोलपत्र मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्दा गलत मनसायले बदनियतपूर्ण तवरबाट गलत प्रतिवेदन दिएको पाइएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उप-दफा (२) अनुसारको कसुर भएको हुँदा निज भगवान झालाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद सजाय र जरीवाना हुन एवं निजले आपूर्तिकर्तासंग खरिद सम्झौता गर्दा आफूलाई प्रत्यायोजित नै नभएको अधिकारको प्रयोग गरेको देखिएकोले निजले वदनियतपूर्ण तवरबाट आफूले नपाएको अधिकार पाएँ भनी खरिद सम्झौता गर्ने कार्य गरी निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ अनुसार समेत थप कसुर गरेको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिइएको छ ।
 
प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18