साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटका तत्कालीन खरिदार हाल पलाँता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, कालिकोटका नायव सुब्बा राज बहादुर बम उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।२४ गते।
------------------------------------------

साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक बर्ष २०७०।०७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविकको जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आ.व. २०७०/०७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको लक्षित कार्यक्रममा सिलाई मेशिन खरिद र उक्त सामानको ढुवानी गरेको खर्च देखाई पेश्की फछर्यौट गर्ने साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटका तत्कालीन खरिदार राज बहादुर बमले झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरेको, पेश्की बुझिलिई जिम्मेवारी लिने र झुट्टा बिल समाबेश गरी खरिद नै नगरिएको सामानको ढुवानीबापतसमेतको खर्च देखाई पेश्की फर्छ्यौट गर्ने तालिम कार्यक्रमका फोकल पर्सन साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटका तत्कालीन खरिदार हाल पलाँता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, कालिकोटका नायव सुब्बा राज बहादुर बमले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु. २,३४,०११।२५ (दुई लाख चौतीस हजार एघार रुपैयाँ पच्चीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र बिगोबमोजिम जरिवाना हुन एवं सोही दफा बमोजिम नक्कली विलको भुक्तानी लिएको बिगोसमेत निजबाट असुल हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21