डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सव-इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।२४ गते।
------------------------------------------
मुगु जिल्ला, छायाँनाथ रारा नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, मुगुमा निकासा भएको रकम मिलोमतो गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सव-इन्जिनियर हिमाल कुमार मल्ल र सव-इन्जिनियर गोरसिंह बढुवालसमेतको मिलोमतोमा उक्त सडक निर्माण सम्झौतामा निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरी गराई, झुट्टा नापी किताब, मूल्याङ्‍कन विल, उपभोक्ता समितिको विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी गराई सोही कागजातको आधारमा भएको वास्तविक कामभन्दा बढी रु.२०,४८,४०३।५४ उपभोक्ता समितिलाई भुक्तानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरुउपर बिगो रु.२०,४८,४०३।५४ (बीस लाख अड्चालीस हजार चार सय तीन रुपैया चौवन्न पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना गरी, बिगोसमेत असुल उपर गर्न र सोही दफा बमोजिम हुने कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढासमेतले डिभिजन वन कार्यालय, मुगुसँग गरेको सम्झौताको शर्त तथा मापदण्ड पालना नगरी, भएको वास्तविक कामभन्दा बढी काम गरेको भनी झुट्टा नापी किताब, मूल्याङ्‍कन विल, उपभोक्ता समितिको विल र कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा कागजातहरुको आधारमा वास्तविक कामको रकमभन्दा बढी रु.२०,४८,४०३।५४रकम भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजहरुउपर बिगो रु.२०,४८,४०३।५४ (बीस लाख अड्चालीस हजार चार सय तीन रुपैया चौवन्न पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18
सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो रु.३,२१,८३,७७,१८२।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/15