तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसमेत ३१ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७९।०५।०९ गते।
------------------------------------------
जिल्ला धनुषा, पिडारी चोकस्थित र रत्नसागर मन्दिरको नामको जग्गासमेत व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गैरकानूनी रुपमा व्यक्ति विशेषको नाममा दर्ता कायम, नापनक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्नको लागि गलत राय सहित टिप्पणी पेश गर्ने तथा स्वीकृत दिने समेतका गैरकानूनी क्रियाकलापमा संलग्न कर्मचारी, पदाधिकारीहरू एवं सरकारी, सार्वजनिक जग्गा आफ्नो नाममा कायम गराउन कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी नेपाल सरकारलाई प्रत्यक्ष हानी र आफूसमेतलाई प्रत्यक्ष लाभ पुर्याउने कार्यमा संलग्नता रहेका अन्य व्यक्ति समेतलाई देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ । क्रमश.......
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला )
प्रवक्ता
श्याम प्रसाद भण्डारी