काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाकांलचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७९।०५।२९ गते ।
-----------------------------------------------------
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज गणेश बहादुर खुलाललाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०४।३१ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग रु.५,०००।–घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर भएकोले निज गणेश बहादुर खुलाललाई बिगो रु.५,०००।– (पाँच हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) मा उल्लेख भएबमोजिमको अधिकतम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी
Download Download