जिल्ला सल्यान, दार्मा गाउँपालिकामा कार्यरत तत्कालीन करार सव-इन्जिनियर विष्णु रोकाय उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०५।२९ गते ।
-----------------------------------------------------

जिल्ला सल्यान, दार्मा गाउँपालिकामा कार्यरत तत्कालीन करार सव-इन्जिनियर विष्णु रोकायको सम्पूर्ण मार्कसिटहरु नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सल्यान, दार्मा गाउँपालिका सल्यानको सव-इन्जिनियर पदमा मिति २०७४।९।१६ देखि २०७६।०२।०८ सम्म करारमा नियुक्ति भई कार्य गरेका विष्णु रोकायले नियुक्तिका वखत पेश गरेको Diploma in Civil Engineering को शैक्षिक प्रमाणपत्र (Academic Transcript) पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी झुट्टा प्रमाणपत्र बनाई पेश गरी राष्ट्रसेवकको ‌ओहदामा बहाल रही आफूलाई लाभ वा सुविधा पाउने उद्देश्यले Diploma in Civil Engineering को शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको देखिँदा निज विष्णु रोकाय उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम समेतको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10