मालपोत कार्यालय, पर्साका तत्कालिन नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकालउपर राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०७ गते ।
-------------------------------------------------
मालपोत कार्यालय, पर्साले दुईवटा लिखत पारित गरी राजश्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, पर्साका तत्कालिन नायव सुब्बा मदन प्रसाद गुप्ताले जग्गा प्रशासन निर्देशिका, २०५८ को दफा ३१८ वमोजिम प्रत्येक फाँटवालाहरुले दैनिक असूल गरेको राजश्व सोहीदिन तोकिएको ढाँचामा चलानी सहित लेखा शाखामा दाखिला गर्नुपर्ने, चलानी तयार गर्दा राजस्व प्राप्त भएको रसिद नं. समेत उल्लेख गर्ने भन्ने कानूनी व्यवस्थाको विपरित निजले सेवाग्राहीबाट संकलन गरेको मिति २०६९।१०।१६ देखि २०६९।१०।२४ सम्मको राजश्व जम्मा रु. १३,९९,९६२।- मध्ये रु. १,६२,०००।- मात्र लेखा शाखालाई बुझाई कुल राजश्व रकम मध्ये बाँकी रु. १२,३७,९६२|-  सरकारी राजश्व हिनामिना गरेको पुष्टी भएको हुँदा निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको “उठाएको राजश्व प्रचलित कानुन बमोजिम दाखिला नगरी हिनामिना गर्ने” कार्य गरी सोही दफामा उल्लेख भए बमोजिम ऐ.ऐ. दफा ३ को कसुरमा निजलाई विगो रु. १२,३७,९६२|- (बाह्र लाख सैतीस हजार नौ सय बैसठ्ठी रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (च) बमोजिम कैद सजाय र सोही ऐनको दफा ७ बमोजिम राजश्व हिनामिना भएको रकमको दोव्वर जरिवाना हुन मागदावी लिने। साथै निजले मिति २०६९।१०।१९ को रजिष्ट्रेशन लिखत दर्ता किताबको दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने वा हेरफेर गर्ने कार्य गरेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरमा सोही दफा ११ बमोजिमको कैद र जरिवाना समेतको मागदावी लिइएको छ ।

साथै, मालपोत कार्यालय, पर्साका तत्कालिन लेखापाल विष्णुप्रसाद ढकालले संकलन भएको राजश्व रकम रु.१,६२,०००|- मात्र अर्का प्रतिवादी मदन प्रसाद गुप्ताबाट रसिद समेत नभिडाई चलानी बुझी रु. १२,३७,९६२|- सरकारी राजश्व हिनामिना गर्नमा प्रतिवादी मदन प्रसाद गुप्तालाई मद्दत पुर्‍याई, आफूसमेत संलग्न भई उठाएको राजश्व दुरुस्त रुपमा दाखिला नगरेको देखिँदा निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सो को खण्ड (ग) बमोजिमको “उठाएको राजश्व प्रचलित कानुन बमोजिम दाखिला नगरी हिनामिना गर्ने” कार्य गरी सोही दफा ७ मा उल्लेख भए बमोजिम ऐ.ऐ. दफा ३ को कसुरमा निजलाई विगो रु. १२,३७,९६२|- (बाह्र लाख सैतीस हजार नौ सय बैसठ्ठी रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (च) बमोजिम कैद सजाय र सोही ऐनको दफा ७ बमोजिम राजश्व हिनामिना भएको रकमको दोव्वर जरिवाना हुन समेतको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18
सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो रु.३,२१,८३,७७,१८२।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/15