जिल्ला धनुषा, साविक चक्कर गा.वि.स. का सचिव राम रतन मण्डल (केवट) समेत २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०९ गते ।
-------------------------------------------------

जिल्ला धनुषा, साविक चक्कर गा.वि.स. का सचिव राम रतन मण्डलले गैरकानूनी ढङ्गले रंजित शाह भन्ने व्यक्तिलाई पटक-पटक पेश्की रकम दिई अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गाउँ विकास समितिको कार्यालय, चक्कर, धनुषाका तत्कालीन गा.वि.स. सचिव राम रतन मण्डल (केवट) ले गाउँ विकास समितिको कार्यालय, चक्कर, धनुषाको कार्यकारिणी समितिले उक्त गाउँ विकास समिति अन्तर्गतका विभिन्न वडाहरुका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको, सो कामको लागि कुनै रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव राम रतन मण्डल (केवट) ले नागेन्द्र भन्ने रंजित साह भन्ने रंजित शाहसँगको मिलेमतोमा लाभ लिने मनसाय राखी सरकारी रकम हिनामिना गर्ने बदनियतले तत्काल कायम रहेका कानून स्थानीय स्वायत्त शासन ऐन, २०५५, स्थानीय स्वायत्त शासन नियमावली, २०५६, स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ मा निर्माण कार्य खरिदसम्बन्धी उल्लेखित प्रावधान विपरीत उक्त कामको जिम्मेवारी र रकम दिन नमिल्ने नागेन्द्र भन्ने रंजित साह भन्ने रंजित शाहलाई अनियमित तरिकाबाट पेश्कीको नाममा पटक-पटक रु.९,७६,९००।- गैरकानूनी रुपमा दिई उक्त रकमबाट काम समेत नभएको, योजनाको फरफारक समेत नगरेको हुँदा निज रामरतन मण्डल (केवट) को उल्लेखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर भएकोले निजलाई बिगो रु.९,७६,९००।- (नौ लाख छहत्तर हजार नौ सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले उल्लेख गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुनसमेत मागदावी लिइएको छ ।


साथै जिल्ला धनुषा साविक चक्कर गाउँ विकास समिति, वडा नं. २ हाल औरही गाउँपालिका वडा नं. ६, चक्कर बस्ने नागेन्द्र भन्ने रंजित साह भन्ने रंजित शाहले गाउँ विकास समितिको कार्यालय, चक्कर, धनुषाको कार्यकारिणी समितिले विभिन्न वडाहरुका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन आफ्नै अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको अवस्थामा, उपभोक्ता समितिको नाममा खाता खोली उपभोक्ता समितिको खातामा रकम जम्मा गरी पाउन निवेदन दिनुपर्नेमा निज नागेन्द्र भन्ने रंजित साह भन्ने रंजित शाहले गाउँ विकास समितिको कार्यालय, चक्कर, धनुषाका तत्कालीन सचिव राम रतन मण्डल (केवट) सँगको मिलेमतोमा आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतले पटक-पटक रु.९,७६,९००।- रकम लिई उक्त रकमबाट काम नगरी योजनाको फरफारकसमेत नगरी भ्रष्टाचार निवारण ऐन २०५९, को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले निज नागेन्द्र भन्ने रंजित साह भन्ने रंजित शाहउपर बिगो रु.९,७६,९००।- (नौ लाख छहत्तर हजार नौ सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय वा बिगोबमोजिम जरिवाना गरी उल्लेखित बिगोसमेत सोही ऐनको दफा ८ (४) बमोजिम जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा ३५ को उपदफा १ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22