धौलागिरी हिमाल पोलिक्लिनिक, बसुन्धराका संचालक नारायण प्रसाद पौडेल उपर गलत प्रतिवेदन सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०७।१७ गते ।
----------------------------------------------------

कोभिड १९ को परीक्षण नगरीकन नक्कली रिपोर्ट दिएको तथा त्रि.वि. शिक्षण अस्पतालको लोगो तथा सम्बन्धित व्यक्तिको हस्ताक्षर अनाधिकृत रुपमा प्रयोग गरी सरकारी कागजातको दुरुपयोग गरेको भन्ने समेत व्यहोराको उजुरीमा भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दा सम्मानित विशेष अदालतमा दर्ता भएको र धौलागिरी हिमाल पोलिक्लिनिक, बसुन्धराका संचालक नारायण प्रसाद पौडेललाई सरकारी साक्षीका रुपमा पेश गरिएकोमा उक्त मुद्दाको वकपत्रका क्रममा नारायण प्रसाद पौडेलले अदालतसमक्ष प्रतिकूल बकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको प्रतिवादी विनोद कुमार यादव भएको भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दामा मतियार भई काम गर्ने नारायण प्रसाद पौडेललाई उक्त मुद्दाको अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले विशेष अदालत, काठमाडौंसमक्ष उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयानको व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निज नारायण प्रसाद पौडेलले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा मतियार भई कसुर गरेको हुँदा निज नारायण प्रसाद पौडेललाई ऐ. ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार विनोद कुमार यादवलाई हुने ऐ.ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजायको आधा सजाय हुन मागदावी लिर्इ आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18
सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो रु.३,२१,८३,७७,१८२।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/15