जिल्ला कृषि विकास कार्यालय, बाराका तत्कालीन नि.प्रमुख, बाली संरक्षण अधिकृत होमेन्द्र गुरमैता, लेखा अधिकृत अवधेष नन्दन वर्मासमेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७९।०८।०६ गते ।
-------------------------------------------------
बारा जिल्लामा कृषि उपज बजार सेड निर्माणसमेतका कार्यहरू अधुरो रहेको र कार्य सम्पन्न मूल्याङ्‍कन नबनाई सबै रकम भुक्तानी गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका व्यक्तिहरु उपर देहायबमोजिम सजायको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा ३५ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
क) जिल्ला कृषि विकास कार्यालय, बाराका तत्कालीन नि. प्रमुख, बाली संरक्षण अधिकृत होमेन्द्र गुरमैता र लेखा अधिकृत अवधेष नन्दन वर्माले आ.व. २०६५।०६६ मा कृषि उपज बजार सेड निर्माण कार्य, पिपरपाती पचरौता, बाराको लागि निजहरुले नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बिना उपभोक्ता समितिको साझेदारी रकम समेत कट्टा नगरी सम्झौता रकम भुक्तानी गरी रु.६,२५,५५२।०९ हिनामिना गरी भ्रष्टाचार गरेको देखिएकोले निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिँदा निजहरूलाई सोही दफामा उल्लेख गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को (१)(ङ) बमोजिम कैद र जरिवाना हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रु.६,२५,५५२।०९ (छ लाख पच्चीस हजार पाँच सय बाउन्न रुपैयाँ नौ पैसा) समेत असुलउपर हुन मागदावी लिइएको छ ।
ख) जिल्ला कृषि विकास कार्यालय, बाराका तत्कालीन योजना अधिकृत राम दयाल ठाकुरले आ.व. २०६५।०६६ मा कृषि उपज बजार सेड निर्माण कार्य, पिपरपाती पचरौता, बाराको लागि निजले सो कृषि उपज बजार सेड निर्माण उपभोक्ता समितिको लेखा सञ्चालक समितिमा रही कार्य गरी रु.६,२५,५५२।०९ हिनामिना गरी भ्रष्टाचार गरेको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिँदा निजलाई सोही दफामा उल्लेख गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को (१) (ङ) बमोजिम कैद र जरिवाना हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रु.६,२५,५५२।०९ (छ लाख पच्चीस हजार पाँच सय बाउन्न रुपैयाँ नौ पैसा) समेत असुलउपर हुन मागदावी लिइएको छ ।
ग) कृषि उपज बजार सेड निर्माण उपभोक्ता समितिका खाता सञ्चालक समितिमा रहेका सदस्यहरु सुरेन्द्र कुमार सिंह, विनय कुमार सिंह र प्रमोद प्रसाद यादवले आ.व. २०६५।०६६ मा कृषि उपज बजार सेड निर्माण कार्यमा निजहरुले लापरबाहीपूर्ण तरिकाले भुक्तानी भएको रकम आफूखुसी बाँडफाँड गरी खर्च गर्ने र निर्माण कार्य अधुरो गराई अलपत्र पारी रु.६,२५,५५२।०९ हिनामिना गरी भ्रष्टाचार गरेको देखिएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर भएकोले निजहरूलाई सोही दफामा उल्लेख गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानी भएको बिगो रु.६,२५,५५२।०९ (छ लाख पच्चीस हजार पाँच सय बाउन्न रुपैयाँ नौ पैसा) समेत असुलउपर हुन मागदावी लिइएको छ ।
 
प्रवक्ता
  श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18