पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब-इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७९।०८।१३ गते ।
----------------------------------------------------

जिल्ला सल्यान, शारदा नगरपालिका, वडा नम्बर १५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष २०७७।०७८ मा सडक निर्माण कार्यमा लागत अनुमान विपरीत कार्य गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब-इन्जिनियर प्रकाश शाही र सब-इन्जिनियर कुमार बोहराले सडक निर्माण स्थलमा नभएको नगरेको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी झुट्टा विल भरपाईलाई स्वीकार गरी अन्तिम विल भुक्तानी गरी निजहरु विनोद पुन, प्रकाश शाही र कुमार बोहराले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (ग) र (ङ) तथा बदनियतपूर्बक भए गरेको कार्य लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी ऐ.ऐनको दफा १९(२) बमोजिम समेत कसुर गरेको देखिँदा निजहरु विनोद पुन, प्रकाश शाही र कुमार बोहरा उपर रु.७,१४,०४१।०९ (सात लाख चौध हजार एकचालीस रुपैयाँ नौ पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (१) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी सो विगोसमेत असुल उपर हुन साथै ऐ.ऐन को दफा १९(२) बमोजिम समेत सजाय हुन मागदावी लिइएको छ ।

साथै, सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरले फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा बढी नभए नगरेको कार्यको समेत मूल्याङ्कन गरी गराई कार्यसम्पन्न भयो भनी कार्य सम्झौता बिपरीत भुक्तानी माग गरी भुक्तानीसमेत लिई निजहरु कुलबहादुर वुढा, नन्दकुमारी कवर र मानदेव कवरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिम कसुर गरेको देखिँदा निजहरु उपर रु.७,१४,०४१।०९ (सात लाख चौध हजार एकचालीस रुपैयाँ नौ पैसा मात्र) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ उपदफा (४) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी विगोसमेत जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18