जिल्ला ओखलढुङ्गा, पूर्वाधार विकास कार्यालयमा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा करार सेवामा कार्यरत राम एकवाल यादव उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७९।०८।१८ गते ।
----------------------------------------------------
जिल्ला ओखलढुङ्गा, पूर्वाधार विकास कार्यालयमा रा.प. अनंकित प्रथम श्रेणी, ल्याब टेक्निसियन पदमा करार सेवामा कार्यरत राम एकवाल यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम एकवाल यादवले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले Diploma in Civil Engineering को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सव-इन्जिनियर पदमा डोरहाजिरीमा तथा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही निजले तलव, भत्ता र अन्य लाभसमेत लिएको देखिँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको पुष्टि हुन आएकोले निज राम एकवाल यादवउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी
Download Download