तेमाल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, पोखरी नारायणस्थान, काभ्रेपलाञ्चोकका तत्कालीन अध्यक्ष सलाम सिं लामा, प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का संचालकहरुसमेत ७ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७९।०९।०३ गते ।
----------------------------------------------------
जिल्ला काभ्रेपलाञ्चोक, तेमाल गाउँपालिकाका अध्यक्ष र व्यवसायीसमेतको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा कबोल अङ्क र सम्झौता अङ्क फरक पारी राजस्व चुहावट गरे गराएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका व्यक्तिहरुउपर देहायबमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश..
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
श्याम प्रसाद भण्डारी