सीमा प्रहरी चौकी, लग्मा, जटही धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकी लाल चौधरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।०३ गते ।
----------------------------------------------------

जिल्ला धनुषा, नगराइन नगरपालिका-२, जटहीस्थित पसलका संचालकसँग पसल संचालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा पसल संचालन गर्न नदिने भनी सीमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीले घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीलाई सेवाग्राहीसँग रु.४,०००/- (चार हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति  २०७९।०७।१७ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा सीमा प्रहरी चौकी, लग्मा, जटही धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकी लाल चौधरीले आफ्नो कार्यालयको मोटरसाइकल बनाउने बहाना गरी व्यवसाय संचालन गरेवापत गैरकानुनी रुपमा मिति २०७९।०७।१७ गते रु.४,०००।–र सोही कार्यको लागि सोभन्दा अगाडि रु.५,०००।–गरी जम्मा रु.९,०००।–घुस रिसवत माग गरी लिएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ.को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर भएकोले निज देवकी लाल चौधरीलाई रु.९,०००।– (नौ हजार रुपैयाँ मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी विगो जफत हुन मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18
सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो रु.३,२१,८३,७७,१८२।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/15