नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृतहरु ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्भेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७९।०९।०५ गते ।
----------------------------------------------------
जिल्ला रुपन्देही, साबिक दुधराक्ष गा.बि.स. वडा नं. ७क र ऐ.गा.बि.स. वडा नं. २क को जग्गा नापी कार्यालय, रुपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो जग्गा व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जग्गा नापजाँच नियमावली, २०५८ को नियम २२ को उपनियम (३) को खण्ड (छ) तथा नापी शाखा एवं नापी गोश्वाराको कार्यविधि, २०६० लगायतका नियम विपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी जिल्ला रुपन्देही साबिक दुधराक्ष गा.बि.स. वडा नं. ७क को कित्ता नं. ८५४ को पूर्व र उत्तर पूर्वतर्फको सरकारी सार्वजनिक कुलोको ४१७.८६ वर्गमिटर क्षेत्रफल र ऐ.गा.बि.स. २क को कित्ता नं. ६५२ मा दक्षिणतर्फको सार्वजनिक कुलोको ७६.८७ वर्गमिटर क्षेत्रफल गरी जम्मा ४९४.७३ वर्गमिटर जग्गा फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको र साबिक दुधराक्ष गा.बि.स. वडा नं. १ देखि ९ सम्मको भित्री ग्राभेल सडक भएको जग्गाको आ.व. २०७९/०८० को प्रतिकठ्ठा न्यूनतम मुल्यांकन अनुसार उक्त घुसाएको जग्गाको रु.१०,६५,२०५।५० (दश लाख पैसठ्ठी हजार दुई सय पाँच रुपैंया पचास पैसा) बराबरको सरकारी सार्वजनिक जग्गा घुसाई फायल नक्सा तयार गर्ने नापी कार्यालय भैरहवाका कर्मचारीहरु तथा उक्त जग्गा खरिद बिक्री गर्ने व्यक्तिहरुको हकमा निम्नबमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
श्याम प्रसाद भण्डारी