खाँडाचक्र नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, कालिकोटमा कार्यरत सहायकस्तर पाँचौ (नायव सुब्वा) दिपकराज देवकोटा उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।१२ गते ।
----------------------------------------------------

जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिकाले पोल्ट्री वंगुर फार्मसँग ४२० कुखुरा उपलब्ध गराउने गरी सम्झौता गरेतापनि नायब सुब्बा दिपकराज देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिई चेक लुकाएर फार्मसँग घुस/ रिसवत मागेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा खाँडाचक्र नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, कालिकोटमा कार्यरत सहायकस्तर पाँचौ (नायव सुब्वा) दिपकराज देवकोटाले खाँडाचक्र नगरपालिकाद्धारा वडा नं. ३ र ४ मा लघु उद्यम विकास अन्तर्गत कुखुरा पालन सीप विकास तालिम कार्यक्रममा कुखुराको साकोनी जातको चल्ला मात्र सम्झौताकर्ताबाट खरिद गरी तालिम कार्यक्रम आफैंले सञ्चालन गर्ने भनी आफैंले गरेको सम्झौताको शर्त पूरा नगरी पूरा समयावधि तालिम सञ्चालन नगरी जम्मा १ दिन मात्र तालिम सञ्चालन गरी १५ दिन सञ्चालन गरेको देखाई कार्यक्रम पूर्ण रुपमा सञ्चालन भएको भनी झुट्टा विल भरपाई तथा कागजात तयारी गरी कार्यालयमा पेश गरी भुक्तानी लिई रु.१,९७,८९५।- हिनामिना गरेको हुँदा निज नायब सुब्बा दिपक राज देवकोटाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (ङ) बमोजिम कसुर भएकोले निज दिपकराज देवकोटालाई रू.१,९७,८९५।- (एक लाख सन्तानब्बे हजार आठ सय पन्चानब्बे रुपैँया) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) वमोजिम कैद र विगो वमोजिम जरिवाना गरी कायम हुन आएको विगो असुल उपर हुन मागदाबी लिइएको छ ।

साथै, निज दिपकराज देवकोटाले पोल्ट्री बंगुर फार्मलाई रु.१,८०,१८०।- सम्झौता अनुसार कुखुरा चल्लाको भुक्तानी दिनुपर्नेमा उक्त रकमबाट रु.३०,१८०।- चेकमार्फत घुस/रिसवतवापत लिएको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेकोले निजलाई रु.३०,१८०।- (तीस हजार एक सय असी रुपैँया) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार कैद र बिगोबमोजिम जरिवाना एवं रिसवत लिएको रकमसमेत जफत हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 


प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18
सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो रु.३,२१,८३,७७,१८२।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/15