Online
Complaint

जिल्ला झापा, दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी, मिक्लाजुङ्ग गाउँपालिका मोरङ्गका असिस्टेन्ट सव-इन्जिनियर विवेक कार्की, प्रा.लि.का संचालकसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।१४ गते ।
----------------------------------------------------

जिल्ला झापा, दमक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दमक झापाले जिल्ला झापा दमक नगरपालिका र मिक्लाजुङको सिमानामा रहेको मावा खोला उत्खननका लागि किशन एण्ड दृष्टी बिल्डर्स प्रा.लि.ले ठेक्का लिएकोमा कम्पनीले मापदण्ड विपरित उत्खनन गर्दा पनि दमक नगरपालिकाले वास्ता नगरेको भन्ने प्रकाशित समाचार उजुरी सम्वन्धमा अनुसन्धान हुँदा दमक नगरपालिकाका, वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मिक्लाजुङ्ग गाउँपालिका मोरङ्गका असिस्टेन्ट सव-इन्जिनियर विवेक कार्कीले मावा खोलाबाट उत्खनन् गर्नुपर्ने अनुमति प्राप्त परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् हुँदा अनुमतिप्राप्त भन्दा बढी उत्खनन् गर्ने कार्यलाई समयमै नियन्त्रण गर्ने र सो बमोजिम समयमै प्रतिवेदन गर्नुपर्नेमा त्यसो नगरी आफू कानूनी जिम्मेवारीबाट विमुख भै नगरपालिकालाई प्राप्त हुने राजस्व रकम हानिनोक्सानी हुने कार्य हुँदा समेत सो कार्य नियन्त्रण गर्नेतर्फ उदासीन (Omission) रही भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिन आएकोले निजहरु ज्ञानेन्द्र चौधरी र विवेक कार्कीलाई उल्लेखित कसुरमा अनुमतिभन्दा बढी उत्खनन् बापतको रु.३,४४,११,२८८।२५ (तीन करोड चौवालीस लाख एघार हजार दुई सय अठ्ठासी रुपैयाँ पच्चीस पैसा) बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) बमोजिम बिगो अनुसार जरिवाना र ३(१)(झ) बमोजिम कैद सजाय हुन एवं हानिनोक्सानी भएको उक्त बिगोसमेत निजहरुबाट सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदावी लिइएको छ । 

निजहरु ज्ञानेन्द्र चौधरी र विवेक कार्कीले नदीजन्य पदार्थ के कति परिमाणमा उत्खनन् भएको थियो भनी स्थलगत जाँचबुझ एवं मुचुल्कासमेत उठाई एकिनका साथ प्रतिवेदन पेस गर्नुपर्नेमा हचुवाको भरमा उत्खनन् गरेको भन्दा घटी परिमाण उल्लेख गरी झुट्टो गलत प्रतिवेदन दिएको देखिएकोले निजहरुको उक्त कार्यसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर भएको हुँदा उक्त कसुरजन्य कार्य गर्ने निजहरुलाई उल्लिखित कसुरमा सोही ऐनको दफा १९(२) बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ । 

साथै, ठेकेदार किशन एण्ड दृष्टी विल्डर्स प्रा.लि.का संचालक पशुपति उप्रेती र निजका प्रतिनिधि निशम कार्कीले सम्झौता विपरीत बढी नदीजन्य पदार्थ उत्खनन् गरी आफूलाई गैरकानूनी लाभ लिने बदनियतले कवुलियतनामाको शर्त उल्लंघन गरेकोले उक्त कार्यबाट दमक नगरपालिकालाई प्राप्त हुने राजस्व रकम रू.३,४४,११,२८८।२५ सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको देखिएको हुँदा निजहरु पशुपति उप्रेती र निशम कार्कीलाई रु.३,४४,११,२८८।२५ (तीन करोड चौवालीस लाख एघार हजार दुई सय अठ्ठासी रुपैयाँ पच्चीस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा निजहरुलाई सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी विगो रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 


प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

कृषि ज्ञान केन्द्र, कालिकोट (हाल: कृषि विकास कार्यालय, कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, मूल्याङ्‍कन तथा छनौट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/20
बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैता उपर घुस/रिसवत मुद्दामा प्रतिकूल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/10
जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नं. १० का तत्कालीन तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/10