शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप-सचिव रमेश बहादुर दाहाल, प्रधानाध्यापक, सव-इन्जिनियरसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।२६ गते ।
----------------------------------------------------

जिल्ला सुनसरी, वर्जु गाउँपालिका वडा नं. ६ चिमडीस्थित रहेको श्री माध्यमिक विद्यालय, चिमडी सुनसरीका प्रधानाध्यापकले प्रदेश सरकारवाट छात्रा शौचालय निर्माणको लागि विनियोजित बजेटबाट शौचालय निर्माणसमेतको हिसाव किताव सार्वजनिक नगरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विद्यालयका तत्कालीन प्रधानाध्यपक राम विलास यादव, शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन सव-इन्जिनियर निरज कुमार झा र शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन प्रमुख रमेश बहादुर दाहालले प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयवाट शिक्षा विकास तथा समन्वय इकाई, इनरूवा, सुनसरीमार्फत् गरेको सम्झौता विपरीत गलत मनसायले शौचालय निर्माण कार्यको निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गर्ने गराउने, लागत अनुमान र सम्झौता विपरीत कार्य गरी गराई वास्तविक कार्यभन्दा बढी रकमको कार्य सम्पन्न मूल्याङ्‍कन प्रतिवेदन तयार गरी सरकारी रकम रू.१,८६,७६५।९६ वदनियतपूर्ण तरिकाले भुक्तानी गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा निजहरु तत्कालीन प्र.अ. राम विलास यादव, शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन सव-इन्जिनियर निरज कुमार झा र शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप-सचिव रमेश बहादुर दाहालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा निजहरुलाई उल्लिखित कसुरमा बिगो रु.१,८६,७६५।९६ (एक लाख छयासी हजार सात सय पैसठी रूपैयाँ र छयानव्वे पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद एवं जरिवाना गरी कायम भएको विगो समेत सोही दफा बमोजिम निजहरुबाट असुल उपर हुनसमेत मागदाबी लिइएको छ । 

साथै, स्थलगतरुपमा भएको कामको यकीन नापजाँच नगरी बास्तविक भएको कार्यभन्दा बढी कार्य भएको देखाई रु.१,८६,७६५।९६ बढी मूल्याङ्‍कन गरी तत्कालीन सव-इन्जिनियर निरज कुमार झाले पेस गरेको कार्य सम्पन्न मूल्याङ्‍कन प्रतिवेदन तत्कालीन प्रधानाध्यापक रामविलास यादव र शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप-सचिव रमेश बहादुर दाहालले यकीन गरी सहीछाप गर्नुपर्नेमा सो कार्य नगरी गलत प्रतिवेदनमा सही गरी निजहरुले समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) बमोजिमको कसुर गरेको देखिँदा निजहरु प्रधानाध्यापक राम विलास यादव, शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप-सचिव रमेश बहादुर दाहाल र तत्कालीन सव-इन्जिनियर निरज कुमार झालाई उल्लिखित कसुरमा सोही ऐनको दफा १९(२) बमोजिम कैद एवं जरिवाना हुनसमेत थप मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18
सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो रु.३,२१,८३,७७,१८२।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/15