जिल्ला सल्यान, कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन योजना अनुगमन तथा मूल्याङ्‍कन समितिका संयोजक एवं कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता डि.सी., तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।२६ गते ।
----------------------------------------------------

जिल्ला सल्यान, कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ स्थितमा आ.व. २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत घुइयावारी (रिङरोड योजना) मुलसड्क विस्तार नाला सुधार तथा ग्रावेल योजनामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कालिमाटी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी. र योजना शाखा प्रमुख जयराम घर्तीले  जिल्ला सल्यान कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ मा निर्माण भएको घुइयावारी (रिङरोड योजना) मुल सड्क विस्तार, नाला सुधार तथा ग्रावेल योजनामा निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई पेश भएको झुट्टा बिल भरपाई स्वीकृत गरी भुक्तानीको लागि आदेश दिएको, कामदार तथा रोजगार उपभोक्ता समिति र प्राविधिकहरुको मिलिमतोमा झुट्टा बिल भरपाई र गलत कार्य सम्पन्न प्रतिवेदनकै आधारमा नभए नगरेको काममा समेत भए गरेको भनी झुट्टा बिल भरपाईसमेतका आधारमा अन्तिम भुक्तानीको लागि टिप्पणी पेश गरी बढी भुक्तानी दिने कार्य गरेको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) वमोजिम कसुर भएकोले निजहरु तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी. र योजना शाखा प्रमुख जयराम घर्तीलाई रु.५,६५,३०९।८५ (पाँच लाख पैसठ्ठी हजार तीन सय नौ रुपैया पचासी पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय एवं बिगो बमोजिम जरिवाना गरी बिगो रकमसमेत सोही ऐनको दफा ८(१) बमोजिम निजहरुबाट असुल उपर हुन समेत मागदाबी लिइएको छ ।

कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय सल्यानका तत्कालीन योजना अनुगमन तथा मूल्याङ्‍कन समितिका संयोजक एवं कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता डि.सी., तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री,  इन्जिनियर टेक बहादुर के.सी, योजना शाखा प्रमुख जयराम घर्ती, रोजगार संयोजक सुवाश वुढाथोकी,  वडा नं. ७ का वडाअध्यक्ष नैन सिंह राना र सव-इन्जिनियर दिपेन्द्र बहादुर शाहीको हकमा जिल्ला सल्यान कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ मा निर्माण भएको घुइयावारी (रिङरोड योजना) मुल सड्क विस्तार, नाला सुधार तथा ग्रावेल योजनामा बढी भुक्तानी भएको सरकारी रकम खाने मास्ने उद्देश्य लिई इस्टिमेट अनुसार काम सम्पन्न नभएको योजनालाई काम सम्पन्न भएको भनी कामदार तथा रोजगार उपभोक्ता समितिसँग मिलिमतो गरी भुक्तानीको लागि सिफारिस गरेको र निजहरुले गरेको उक्त प्रतिवेदन र सिफारिसको आधारमा उपभोक्ता समितिलाई रु.५,६५,३०९।८५ बढी भुक्तानी गरी कालिमाटी गाउँपालिकालाई गैरकानूनी हानी र उपभोक्ता समितिलाई लाभ हुने कार्य गरेको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) वमोजिम कसुर भएकोले निजहरु सनसिल्ता डि.सी., हरी बहादुर खत्री,  टेक बहादुर के.सी, जयराम घर्ती,  सुवाश वुढाथोकी, दिपेन्द्र बहादुर शाही तथा नैन सिंह रानाउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन समेत मागदावी लिइएको छ ।

साथै घुइयावारी (रिङरोड योजना) मुल सड्क विस्तार, नाला सुधार तथा ग्रावेल योजना रोजगार उपभोक्ता समितिका अध्यक्ष गणेश वुढा, सचिव कृष्णा सार्की र कोषाध्यक्ष गिता कुमारी वोहराले जिल्ला सल्यान कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ मा निर्माण भएको घुइयावारी (रिङरोड योजना) मुल सड्क विस्तार, नाला सुधार तथा ग्रावेल योजनाको नापी किताव र कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख भए अनुसारको नाप र परिमाणमा काम नभएको अबस्थामा इस्टिमेट बमोजिम काम भएको भन्ने निर्णय गराई भुक्तानीको लागि सिफारिससमेत गरी रु.५,६५,३०९।८५ (पाँच लाख पैसठ्ठी हजार तीन सय नौ रुपैया पचासी पैसा) बढी भुक्तानी लिई सरकारी वा सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पुर्‍याई निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेकोले निजहरु गणेश वुढा, कृष्णा सार्की र गिता कुमारी वोहरालाई रु.५,६५,३०९।८५ (पाँच लाख पैसठ्ठी हजार तीन सय नौ रुपैया पचासी पैसा)  बरावरको रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18