जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर सहित ३ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।१२ गते ।
----------------------------------------------------
जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर सहित ३ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।
----------------------------------------------------------------------------------------------------
जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्लाका कार्यालय प्रमुख, जिल्लाका अन्य कार्यक्रम सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याई फर्जी खरिद तथा दाखिला आदेश तयार गरी विलमात्र खरिद गरी कार्यालयको संचालन बजेट खर्च गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटि ग्लोभ्स समेतका मेडिकल सामग्रीहरु खरिद नै नगरेको अवस्थामा मेडिकल सामग्रीहरु खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरु तयार गरी भुक्तानी लिनेदिने कार्य गरेको पुष्टी हुन आएकोले निजहरु कार्यालय प्रमुख अंगद बहादुर शाही र स्टोर किपर गोविन्द खनालको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएको देखिएकोले निजहरुलाई उल्लिखित कसुरमा बिगो रू.८१,८२२।–(एकासी हजार आठ सय बाईस रुँपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐ.ऐनको दफा 8 (1) बमोजिम नै उल्लिखित बिगोसमेत निजहरुबाट असुल उपर हुन मागदावी लिइएको छ ।

साथै, प्रतिवादी अंगद बहादुर शाहीले कार्यालयको खर्चबाट खरिद गरेको रू.७,७०७।–बराबर रकमको औषधि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि खरिद गरी भुक्तानीसमेत लिई सरकारी सम्पत्तिलाई निजी प्रयोगमा लगाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको समेत कसुर गरेकोले निजउपर बिगो रू.७,७०७।–(सात हजार सात सय सात रुँपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) एवं ऐ.दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय गरी बिगोसमेत भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिम निज अंगद बहादुर शाहीबाट असुलउपर हुन र कार्यालय प्रमुख अंगद बहादुर शाहीले कार्यालयको खर्चबाट खरिद गरेको रू.७,७०७।-बराबर रकमको औषधि स्टोर दाखिलासमेत गरेको देखिएबाट स्टोरकिपर गोविन्द खनालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा ऐ.ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा निजउपर प्रतिवादी अंगद बहादुर शाहीलाई हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदावी लिइएको छ ।

यसैगरी जिल्ला बाँके, डुडुवा गाउँकार्यपालिकाको कार्यालयमा सि.अ.हे.व. छैठौ पदमा कार्यरत सिताराम चौधरीले संचालनमा नै नरहेको फार्मेसी संचालनमा रहेको भनी अनाधिकार तरिकाले अरु व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको देखिएकोले सो बिलबमोजिमकै औषधि उपलब्ध नगराई बिल मात्र उपलब्ध गराई निज सिताराम चौधरीले प्रतिवादीहरु अंगद बहादुर शाही र गोविन्द खनालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरमा ऐ.ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा निज सिताराम चौधरीउपर मुख्य प्रतिवादीहरु अंगद बहादुर शाही र गोविन्द खनाललाई हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदावी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18