Online
Complaint

जिल्ला धनुषा, शहिदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदय कुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृतसमेत १२ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।२३ गते ।
----------------------------------------------------

जिल्ला धनुषा, शहिदनगर नगरपालिकाबाट रकम विनियोजित गरेर नयाँ कृषि सडक निर्माण कार्यमा  रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला धनुषा, शहिदनगर नगरपालिकाले आ.व. २०७४।०७५ मा शहिदनगर नगरपालिका वडा नं. ८ स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौता अनुसार काम गर्ने भनिएतापनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी रु.२,१२,८१६।२३ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहायबमोजिमका प्रतिवादीहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

कृषि ज्ञान केन्द्र, कालिकोट (हाल: कृषि विकास कार्यालय, कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, मूल्याङ्‍कन तथा छनौट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/20
बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैता उपर घुस/रिसवत मुद्दामा प्रतिकूल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/10
जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नं. १० का तत्कालीन तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/10