जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, निर्माण योजनाको अनुगमन समितिका पदाधिकारी र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।१४ गते ।
----------------------------------------------------

जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका पदाधिकारीहरुले आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव-इन्जिनियर विकास खत्रीले ठुलीभेरी नगरपालिका वडा नं. ५, ६ र ७ स्थित जुफाल-माझफाल मोटरबाटो निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको अन्तिम विल र कार्य सम्पन्न प्रतिवेदन र नापी किताव प्रमाणितसमेत गरी सोही प्रतिबेदनको आधारमा रु.३२,२९,२७२।७३ बढी भुक्तानी गरी गैरकानूनी लाभहानी लिने/दिने उद्देश्यले कार्य गरेको र निजहरुको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ग) र (ङ) वमोजिमको कसुर भएकोले निजहरु निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर बसन्त रोकाया र सव-इन्जिनियर विकास खत्रीलाई उल्लिखित कसूरमा बिगो रु.३२,२९,२७२।७३ (बत्तीस लाख उन्नतीस हजार दुई सय बहत्तर रुपैयाँ त्रीहत्तर पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय हुन एवं उल्लिखित बिगो  रु.३२,२९,२७२।७३ मध्ये रु.१९,८६,५७५।- बैंकमा जम्मा गरिसकेको देखिंदा बाँकी रहेको बिगो रु.१२,४२,६९७।७३ निजहरुबाट ऐ. ऐनको दफा ८(१) बमोजिम असुल उपर हुन र फिल्डमा निर्माण भएको काम भन्दा बढी काम गरेको भनी गलत नापी किताव, अन्तिम विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी उक्त कार्य सम्पन्न प्रतिबेदन समेतलाई प्रमाणित गरी सोही अन्तिम विलको आधारमा बढी भुक्तानी गरेको देखिंदा निजहरु निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर बसन्त रोकाया र सव-इन्जिनियर विकास खत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिमसमेत सजाय हुन मागदाबी लिइएको छ। 

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ५,६ र ७ स्थित जुफाल-माझफाल मोटरबाटो निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चनले उक्त योजनामा नभएको कामसमेत भएको भनी नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरेको देखिन आएको आधारमा नगरपालिकाबाट उक्त योजनालाई रु.३२,२९,२७२।७३ बढी भुक्तानी भएको देखिएको हुँदा निर्माण योजना निरीक्षण तथा अनुगमन समितिका सदस्यहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चनलाई भष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम सजाय हुन मागदाबी लिइएको छ।

साथै, ठुलीभेरी नगरपालिका वडा नं. ५, ६ र ७ स्थित जुफाल-माझफाल मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड विक्रम शाही,  कोषाध्यक्ष सुना कामी र सचिव टोप वहादुर शाहीले उक्त जुफाल-माझफाल मोटरवाटो निर्माण योजनामा नगरपालिकासँग भएको शर्त एवं सम्झौता विपरित फिल्डमा कम काम गरी नभए नगरेको कामलाई भए गरेको भनी वास्तविक भए गरेको कामभन्दा रु.३२,२९,२७२।७३ बढी वदनियतपूर्वक भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको हुँदा निजहरुलाई रु.३२,२९,२७२।७३ (बत्तीस लाख उनानतीस हजार दुई सय बहत्तर रुपैया त्रिहत्तर पैसा) बिगो कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी उल्लिखित रकममध्ये रु.१९,८६,५७५।- निजहरुले बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.१२,४२,६९७।७३ निजहरुबाट ऐ. ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

    
     प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18