जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर, वडाअध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।१४ गते ।
----------------------------------------------------

जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका प्रमुखले ठुलीभेरी नगरपालिका वडा नं. १ देखि वडा नं. ११ सम्मका वडा अध्यक्षसँगको मिलेमतोमा आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, ऐ. नगरपालिकाका तत्कालीन इन्जिनियर बसन्त रोकाया र ऐ.नगरपालिकाका तत्कालीन सवइन्जिनियर शिवराज शाहीले ठुलीभेरी नगरपालिका वडा नं. ७ स्थित तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको अन्तिम विल तयार गरी रु.२०,३०,११९।५२ बढी भुक्तानीको लागि सिफारिस गरेको सोही नापी किताव र विलको आधारमा बढी भुक्तानी गरी निर्धारित शर्त तथा मापदण्ड विपरीत भएको निर्माण कार्यलाई शर्त तथा मापदण्डवमोजिम भएको हो भनी प्रमाणित गरी एवं झुट्टा विल भरपाईको आधारमा भुक्तानी लिने दिने कार्य गरी गैरकानूनी लाभहानी पुर्‍याउने वदनियतले कार्य गरेको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ग) र (ङ) वमोजिमको कसुर भएकोले निजहरु तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सवइन्जिनियर शिवराज शाहीलाई उल्लिखित कसूरमा बिगो रु.२०,३०,११९।५२ (वीस लाख तीस हजार एक सय उन्नाइस रुपैयाँ बाउन्न पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय हुन र उल्लिखित बिगो रकम रु.२०,३०,११९।५२ मध्ये रु.१५,८७,६४७।- बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रकम रु.४,४२,४७२।५२ निजहरुबाट ऐ. ऐनको दफा ८(१) बमोजिम असुल उपर हुन एवं फिल्डमा निर्माण भएको भन्दा अन्तिम विलमा बढी काम गरेको भनी गलत विल तयार गरेको र उक्त विललाई प्रमाणित गरी सोही अन्तिम विलको आधारमा रु.२०,३०,११९।५२ बढी भुक्तानीसमेत भएको देखिँदा निजहरु तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव-इन्जिनियर शिवराज शाहीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको समेत कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ।

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ७ स्थित तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष डिल विक्रम शाहीले वास्तविक कामभन्दा बढी काम भएको भनी नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरेको देखिएको सोही सिफारिससमेतको आधारमा नगरपालिकाबाट उक्त योजनालाई रु.२०,३०,११९।५२ बढी भुक्तानी भएको देखिएको हुँदा मोटरबाटो निर्माण योजना निरीक्षण तथा अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र तत्कालीन वडा अध्यक्ष डिल विक्रम शाहीलाई भष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै, ठुलीभेरी नगरपालिका वडा नं. ७ स्थित तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष मानसिंह कामी, कोषाध्यक्ष राज कुमारी शाही र सचिव ज्ञानेन्द्र विक्रम शाहीले नगरपालिकालाई नोक्सानी र आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने उद्देष्यले नगरपालिकासँग गरेको शर्त सम्झौता विपरीत नभएको नगरेको काम पनि भए गरेको भनी काम नै नगरी रु.२०,३०,११९।५२ बढी भुक्तानी लिई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिएकोले निजहरुलाई रु.२०,३०,११९।५२ (बीस लाख तीस हजार एक सय उन्नाइस रुपैयाँ बाउन्न पैसा) बिगो कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी उल्लिखित रकममध्ये रु.१५,८७,६४७।- निजहरुले बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.४,४२,४७२।५२ निजहरुबाट ऐ.ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदाबी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18
सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो रु.३,२१,८३,७७,१८२।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/15