Online
Complaint

कृषि ज्ञान केन्द्र, कालिकोट (हाल: कृषि विकास कार्यालय, कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, मूल्याङ्‍कन तथा छनौट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।१२।०६ गते ।
----------------------------------------------------

सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेड, रास्कोट-३, कालिकोटले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि उपलब्ध गराएको सरकारी अनुदानको पेश्की रकममा सम्झौता अनुसार काम नगरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि ज्ञान केन्द्र,  कालिकोट (हाल कृषि विकास कार्यालय,  कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, कालिकोटका तत्कालीन सव-इन्जिनियर गुरुराज संज्यालले सम्भाव्यता अध्ययनसमेत नगरी आयोजनाका लागि आवश्यक विद्युत आपूर्तिसमेत नभएको अवस्थामा सो स्थानमा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त छ भनी सिफारिससमेत गरी आवश्यक पुष्टयाँईका आधारहरु संलग्न नगरी हचुवाको भरमा लागत अनुमान तयार गरेको र हाइटेक नर्सरीको लागी खरिद गरिएका यन्त्र उपकरणहरुको मूल्यसमेत अत्याधिक रुपमा बढाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ विपरित बदनियतपूर्वक मुल्य राखी लागत अनुमान तयार गरेको एवं कर्णाली प्रदेश सरकारको अनुदान ग्रहण गरी नर्सरी सञ्चालनमै नआएको अवस्थामा सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडबाट जडान भएका मालसामानहरुको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी सोही प्रतिवेदनसमेतका आधारमा रु.६६,५०,०००।–भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ) र (ङ) बमोजिमको कसुर गरेको देखिँदा निजहरु भरत बहादुर बस्नेत, सुमित भट्ट र गुरुराज संज्याललाई बिगो रु.६६,५०,०००।–(छैसठ्ठी लाख पचास हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम सजाय हुन एवं उक्त बिगो निजहरुबाट ऐ. ऐनको दफा ८(१) बमोजिम असुल उपर हुन तथा निजहरुले सिमनाथ कृषि विकास सहकारी संस्थामा जडान भएका मालसामानहरु परीक्षण नगरी एवं नर्सरी सन्चलानमा नै नआएको अवस्थामा उक्त नर्सरीको कार्य सम्पन्न प्रतिवेदन तयार गरी ऐ. ऐनको दफा १९(२) बमोजिमको कसुरसमेत गरेको देखिँदा निजहरु भरत बहादुर बस्नेत, सुमित भट्ट र गुरुराज संज्याललाई ऐ. ऐनको दफा १९(२) बमोजिमसमेत सजायको मागदाबी लिइएको छ। क्रमश..

(नोट:थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)    

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका पूर्व बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादव उपर रु.४,४७,३४,२१२।२६ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/30
जुम्ला जिल्ला, तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर वास्तविक रुपमा भएको कार्य भन्दा बढी कार्य गरेको भनी गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/28
जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/26
बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहता उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/24
जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, वीरेन्द्र प्रसाद साह कानु, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर झुट्टा बिल भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र उपर बिगो रु. ७२,५२,४८०।५९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/11