जिल्ला सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष राम बल्लभ साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत गरी २३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।०७ गते ।
----------------------------------------------------

जिल्ला सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणका लागि आ.व. २०७५/०७६ र २०७६/०७७ मा विनियोजन भएको रकमवाट सामान्य रुपमा निर्माण कार्य गरी ठुलो रकम भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल निर्माणको लागि आ.व. २०७५/०७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रकम स्वीकृत भई लक्ष्मीपुर पतारी गाउँपालिकाको पुल निर्माण योजनाको जिम्मा गाउँपालिकावाट विस्नुदेव यादव अध्यक्ष रहेको उपभोक्ता समितिले प्राप्त गरी उक्त निर्माण कार्य समयमै सम्पन्न नगरी बीचमै अलपत्र पारी छाडी भए गरेको कार्यसमेत न्यून गुणस्तरको सामाग्री प्रयोग गरी लथालिङ्ग छोडेको र आ.व.२०७६/०७७ बाट सोही पुल/कल्भर्ट निर्माणको लागि अर्को उपभोक्ता समितिवाट निर्माण गराउँदा पनि उक्त भौतिक संरचना वेकम्मा भई हाल थप कार्य गरी उक्त संरचना पूर्णसमेत गर्न नसकिने अवस्थामा समेत भुक्तानी नै गर्न नमिल्ने रु.५,२८,४४०।- भुक्तानी दिने/लिने कार्य गरे/गराएको एवं सोही स्थानमा आ.व. २०७६/०७७ मा लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत विधानगर, पतारी, धन्छवार, सितापुर सडक खण्डमा दुई थान कलभर्ट निर्माण तथा माटो ग्राभेल योजनाको लागि साबिक २ नम्वर प्रदेश हाल मधेश प्रदेश सरकारबाट सशर्त अनुदान रकम विनियोजन भएकोमा माथि उल्लेखित आ.व. २०७५।०७६ मा आंशिकरुपमा निर्माण भएको पुल/कल्भर्टको बाँकी भाग बनाउने योजनाको निर्माण गर्न लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले निर्माण जिम्मा लिई अघिल्लो आ.व. २०७५/०७६ मा डिजाइन नगरी ड्रइङ्गको आधारमा संचालन भएको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माण योजनामा पुन: डिजाइनसमेत नगरी ड्रइङ्ग परिवर्तन गरी तोकिएको मितिमा योजनाहरु सम्पन्न नगरी संरचनामा न्यून गुणस्तरको निर्माण कार्य गरी दुवै योजनाहरु सम्पन्न गर्न नमिल्ने अवस्थामा रहेको देखिँदा पनि उक्त कलभर्ट निर्माण कार्यमा राष्ट्रसेवक तथा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतो र संलग्नताबाट भुक्तानी नै गर्न नमिल्ने रु.२६,४६,०२७।- उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचार कसुरमा संलग्न देहायका प्रतिवादीहरु उपर देहायबमोजिमको सजाय र बिगो बमोजिमको जरिवाना गरी बिगो असुलउपर गर्ने तथा जफतको मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
भोला दाहाल

 

 

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18