भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठ, इन्जिनियर, लेखापाल, कन्स्ट्रक्सनका प्रोप्राइटरसमेत ५ जना र भोलेबाबा कन्स्ट्रक्सन उपर गैरकानूनी लाभ तथा हानी एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।२७ गते ।
----------------------------------------------------

भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन, वुटवल, रुपन्देहीबाट आ.व. २०७४/०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासी जिल्लाको देवचुली र दुम्किवासमा ट्युववेलको काम भएकोमा हालसम्म MS fitting, Outlet को निर्माण नै नभएता पनि कार्यालयले भुक्तानी गरिसकेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा झुट्टा बिल भरपाई बनाई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी समेत गरेको कसुर पुष्टि हुन आएको हुँदा देहायका व्यक्तिहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र गरिएको छ।क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
    भोला दाहाल

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18