गैर-नेपाली नागरिक अनुप मेहरा उपर बिगो रु.५,०५,४२,०००।– कायम गरी गैरकानूनी लाभ तथा हानी एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०७।२३ गते।
------------------------------------------
 
सम्मानित विशेष अदालत, काठमाडौंमा विचाराधीन रहेको वादी नेपाल सरकार र प्रतिवादी टीकाराम ज्ञवालीसमेत भएको गैर-नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता अनुप मेहरा भारतीय नागरिक भएको देखिन आएकोले निज नेपाल सरहदभित्र फेला परेका बखत कानून बमोजिम हुने भन्ने उल्लेख भएको र फरार भएका निज अनुप मेहरालाई पक्राउ गरी  अनुसन्धान गर्दा गैर-नेपाली नागरिक अनुप मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरु भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानून विपरीत तीन परिवार संख्या कायम गरी गैर-कानूनी निर्णय गर्न लगाएको, सोही निर्णयलाई कार्यान्वयन गराउन मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृतसमेतलाई अनुचित प्रभावमा पारी मिलेमतो गरेको, लामो समयदेखि हदबन्दी रोक्का रहेको जग्गा भूमिसुधार कार्यालयले हदबन्दी रोक्का फुकुवा गर्ने निर्णय गरेकोमा उक्त जग्गाहरुमध्ये २०५८ सालमा संशोधन भएको जग्गाको हदबन्दी अनुसार नेपाल सरकारको नाममा छाड्नुपर्ने र व्यक्तिले आफूले रोज्न पाउने जग्गा मात्र बेचबिखन गर्न पाउनेमा अनुपकुमार खत्रीको नामबाट नाताप्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका कागजातहरु स्थानीय निकायका पदाधिकारीहरूलाई प्रलोभनमा पारी भारतमा बसोवास गर्ने व्यक्तिलाई नेपालमै बसोवास गर्ने प्रेमशरण खत्री, कमला खत्री लगायका व्यक्तिहरु नेपालको गेरमी गा.वि.स. मै मृत्यु भएको भनी गलत कागजातहरु बनाई अनुप कुमार खत्रीको हक हुन जाने जग्गाहरु भारतीय नागरिक पि.एस. मेहराको छोरा भनी निज अनुप मेहराको नामवाट बिक्री बितरण गराएको, यसरी सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरु सरकारी कर्मचारीहरूको मिलेमतो र संलग्नतामा हकवालाभन्दा फरक व्यक्तिवाट बिक्री बितरण गराउँदा विक्री गरिएका सम्पूर्ण जग्गाहरु लिखत मूल्य अनुसारको रकम रु.५,०५,४२,०००।-(पाँच करोड पाँच लाख बयालीस हजार रुपैया) हानी नोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उल्लिखित जग्गा बिक्री गर्ने कसुरमा संलग्न भारतीय नागरिक अनुप मेहरालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा १ (ज) र ऐ. ऐ. को दफा १७, दफा ९ र दफा १२ बमोजिमको कसुरको सम्पत्ति लिने खाने प्रकारको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्याशं बमोजिमको कसुर गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ (ज), दफा १७, दफा ९ र दफा १२ बमोजिम हुने सजायलाई आधार मानी बिगो रु.५,०५,४२,०००।-(पाँच करोड पाँच लाख बयालीस हजार रुपैया) कायम गरी मुख्य प्रतिवादीहरूलाई हुने सजाय सरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्याशं वमोजिमको कसुरमा सजाय हुन र उक्त जग्गाहरुमा कायम रहेको मोहियानी हक सुरक्षित हुने गरी नेपाल सरकारको नाममा कायम हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18