Online
Complaint

साविक क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाका तत्कालीन का.मु. निर्देशक दिनेश कुमार श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी, प्रधानाद्यापक, शिक्षकसमेत ७ जना उपर सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्ने तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०७।२४ गते।
------------------------------------------
 
 
बारा जिल्ला, श्री राम प्राथमिक विद्यालय, भर्वलिया, बरैनिया-२ का तत्कालीन प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय प्रथामिक विद्यालय, रौवाहीका पूर्व शिक्षक योगेन्द्र प्रसाद यादवले निजउपर दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंबाट मिति २०७३।१।१६ गते फैसला भै कसुरदार ठहरसमेत भएकोमा सोसम्बन्धी फाइल गायव बनाई राजीनामा गरी, गराई निबृत्तभरण समेत लिए, दिलाइएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन शिक्षक योगेन्द्र प्रसाद यादवले आफू विरुद्ध भ्रष्टाचार मुद्दा दायर भै स्वतः निलम्वनमा रहने अवधि देखि स्वेच्छिक अबकासका लागि राजीनामा पेश गर्दासम्मको अवधिमा समेत रु.१,०५,०३२।२५ निलम्वन रहेको अवधिमा पाउन सक्ने आधा रकम र सो मुद्दा फैसला भई स्वतः वर्खास्त भएको अवस्थामा औषधि उपचार, विरामी विदा र चाड पर्व खर्चसमेतको निबृत्तभरण रकमबापतको रु.१५,८७,२३७।- भुक्तानी लिई कुल रु.१६,९२,२६९।२५ (सोह्र लाख बयानव्बे हजार दुई सय उनानसत्तरी रुपैंया र पैसा पच्चीस) आफूलाई गैरकानुनी लाभ र सरकारी सम्पत्ति हानिनोक्सानी गरे, पुर्‍याएको साथै निजले प्रतिवादी चेथारु प्रसाद कुर्मीसमेतसँग मिलेमतो गरी हाजिरी किताव, बैठक पुस्तिका, तलवी भरपाई लगायत सरकारी कागजात लुकाउने नष्ट गर्ने समेतको कार्य गरेको देखिँदा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ तथा १७ बमोजिम कसुरमा सोही ऐनको दफा १२ बमोजिम कैद र जरिबाना तथा सोही ऐनको दफा १७ ले निर्देशित गरेअनुसार सोही ऐनको दफा ३(१)को (च) बमोजिम कैद र जरिवाना गरी हानिनोक्सानी भएको बिगो ऐ. ऐनको दफा १७ बमोजिम निजबाट असूल उपर हुनसमेत मागदाबी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

सुनसरी जिल्ला, रामधुनी नगरपालिका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, बडा अध्यक्ष समेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/11/27
जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/11/24
जिल्ला गुल्मी, मालिका गाउँपालिका, वडा नं. ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अ.हे.ब. देव बहादुर महतारा उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2023/11/23
जिल्ला रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ४ स्थित मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2023/11/23
जिल्ला चितवन, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इन्जिनियर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/11/23
जिल्ला काभ्रेपलाञ्चोक, धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/11/22