जिल्ला काभ्रेपलाञ्चोक, धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।०६ गते।
------------------------------------------
 
जिल्ला काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेतले हिसाब किताब नदेखाएको, समितिको साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई र कोषाध्यक्ष माधवप्रसाद चौलागाईको आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियत राखी अनियमित रुपमा रकम झिकी झिक्न लगाई रु.९,१३,२८०।९० (नौ लाख तेह्र हजार दुई सय असी रुपैयाँ नब्बे पैसा) नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना तथा दुरुपयोग गरी निजहरु चन्द्रसिंह लामा, संगिता चौलागाई र माधवप्रसाद चौलागाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.९,१३,२८०।९० (नौ लाख तेह्र हजार दुई सय असी रुपैयाँ नब्बे पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को  दफा १७ ले निर्देश गरेबमोजिमको सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो रकम निजहरुबाट असुल उपर हुनसमेत मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल
 
 

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18