जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।०८ गते।
------------------------------------------
 
जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ मा आफू जिवितै हुँदै आफ्नो मृत्यू दर्ताको प्रमाणपत्र बनाएर आफ्नो श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोले निर्मला खत्रीसँगको मिलेमतोमा निर्मला खत्रीको जिवित श्रीमान्‍को मृत्यू भएको भनी निर्मला खत्रीबाट सूचना लिई बद्‍नियतपूर्वक सूचनाको आधिकारिकता सम्बन्धमा कुनै छानविन नगरी, कानून बमोजिम पेश हुनुपर्ने कागजातहरु समेत संलग्न नराखी निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र वनाउन मृत्युको सूचना फारम विवरण भरी प्रविष्ट गरी गराई जिवित व्यक्तिलाई मृत्यू भएको भनी गलत लिखत तयार गरी गराई मृत्यू दर्ता अभिलेख तयार गरी गराई सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाई बनाउन लगाई रु.४५,२२०।- नेपाल सरकारलाई हानिनोक्सानी गरी गराई निजहरु शिव कुमार महतो र निर्मला खत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको पुष्टि भयो हुँदा निज शिव कुमार महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.४५,२२०।- (पैतालीस हजार दुई सय बीस रुपैयाँ) कायम गरी सोही ऐनको १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन र प्रतिवादी निर्मला खत्रीलाई मुख्य कसुरदार शिव कुमार महतोले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्यमा मतियार भई सोही ऐनको दफा २२ बमोजिम कसुर गरेकोले मुख्य कसुरदार शिव कुमार महतोलाई हुने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा विगो रु.४५,२२०|- (पैतालीस हजार दुई सय बीस रुपैयाँ) कायम गरी सोही ऐनको १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी दफा ३ को उपदफा (१) बमोजिम हुने जरिवाना सजाय र सोही ऐनको दफा १७ बमोजिम हुने बिगो असुल उपरसमेतलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
 
साथै शिव कुमार महतोले जिवित व्यक्तिको मृत्यू भएको भनी कार्यालयमा रहेको मृत्यू दर्ता अभिलेख चढाएको र निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्रको गलत लिखत तयार गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरसमेत गरेकोले सोही ऐनको दफा ९ वमोजिम सजाय हुन र प्रतिवादी निर्मला खत्रीलाई मुख्य कसुरदार शिव कुमार महतोले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरजन्य कार्यमा मतियार भई सोही ऐनको दफा २२ बमोजिम कसुर गरेकोमा मुख्य कसुरदार शिव कुमार महतोलाई सोही ऐनको दफा ९ वमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22