जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, वडा नं. ३ का वडाध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८०।११।२२ गते।
------------------------------------------
जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. ३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सव-इन्जिनियर अजय भन्ने अज बहादुर बुढाले आ.व. २०७४/०७५ मा जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. ३ स्थित मेलादेखि बासलधारासम्म बाटो निर्माण योजनामा उक्त कार्यको नापजाँच नै नगरी काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी गराई झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरुलाई आधार मानी रु.१०,२९,३२५।- उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिँदा निजहरु धनलाल चौलागाई, विष्णु बहादुर शाही, रुद्र बहादुर वली, धर्मवीर पल्ली मगर र अज बहादुर बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.१०,२९,३२५।- (दश लाख उनान्तीस हजार तीन सय पच्चीस रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगो असुल उपर हुन एवं प्रतिवादीहरु धनलाल चौलागाई, विष्णु बहादुर शाही, रुद्र बहादुर वली र अज बहादुर बुढाले नभए नगरेको कामको समेत भए गरेको भन्ने गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी गराई सोहीको आधारमा भुक्तानी सदर तथा भुक्तानीको लागि पेश गरी सोही प्रतिवेदनको आधारमा भुक्तानी समेत गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
नरहरि घिमिरे
Download
Download