जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।०५ गते।
------------------------------------------
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाले लखनदेही खोलामा तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हरिपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरिपुर, सर्लाहीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल, इन्जिनियर रंजित साह र सव-इन्जिनियर संजीव चौधरीले आ.व. २०७५/०७6 को जिल्ला सर्लाही, हरिपुर नगरपालिका वडा नं. १  स्थित लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा उपभोक्ता समिति र गाउँपालिका बीच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा लागत अनुमानमा ४,८१२.५० वर्गमिटरको Gabion Box को प्रयोग गर्न तोकिएकोमा लागत अनुमानभन्दा कम गरी ३,४९५.१५ वर्ग मिटरको परिमाणमा Gabion Box निर्माण गरेको, लागत अनुमानमा ८,४०० घन मिटरको Earthwork Filling  (माटो पुर्ने काम) तोकिएकोमा लागत अनुमानभन्दा बढी गरी १४,७०० घनमिटरको परिमाणमा Earthwork Filling भएकोले मनासिब कारण बिना सो निर्माण कार्यको आकार र रूप परिवर्तन गरेको, ढुङ्गा (ग्यावियन जाली) को कामको परिमाण कम गरी माटो पुर्ने कामको परिमाण बढाउँदा तटवन्ध कमसल हुन पुगेको, निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गरेको/गराएको र त्यस्तो निर्माण कार्यलाई गुणस्तरयुक्त, शर्त तथा मापदण्डबमोजिम भएको हो भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत प्रमाणित एवं स्वीकृत गरी उपभोक्ता समितिलाई रु.८५,१८,६३१।६३ भुक्तानी दिई सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको हुँदा निजहरु नइन्द्र कुमार पौडेल, रंजित साह र संजीव चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.८५,१८,६३१।६३ कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम उक्त हानिनोक्सानी भएको बिगो असुल उपर हुन साथै प्रतिवादीहरु रंजित साह र संजीव चौधरीले अनुगमन समितिमा समेत आफै प्राविधिक सदस्य भई गलत अनुगमन प्रतिवेदन पेस गरेको र सोही आधारमा भुक्तानी समेत गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदावी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18