सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहू उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।७ गते।
------------------------------------------

राज्यका सुरक्षा निकायहरुमध्ये नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरुमध्ये उच्च पदस्थ कर्मचारीहरुले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्ने व्यहोराको उजुरी अन्तर्गत श्री सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहूले सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको वी.ए. तहको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धमा अनुसन्धान हुँदा निज बिर सिंह शाहूले २०५९/१२/०७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको वी.ए. तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भई लाभ, सुविधा लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज वीर सिंह शाह भन्ने बिर सिंह शाहूलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/23
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/22
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/19
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17