प्रतिवादी लालबाबु साह गोल्दार, राजेश्वर प्रसाद चौरासिया, महेश प्रसाद यादव र हकिम अन्सारी समेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२८ गते ।
-------------------------------------------------
प्रतिवादी लालबाबु साह गोल्दारले राष्ट्रसेवकलाई दस्तुरको बहानामा घुस रिसवत दिइ भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज लालबाबु साह गोल्दारउपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस रिसवतबापत दिएको रकम रू.२¸८०¸०००।- र नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कार्यरत रही तलव भत्ता बुझिलिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रू.२¸१९¸०३०।- समेत गरी रू.४¸९९¸०३०।-(चार लाख उनान्सय हजार तीस) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम रू.२¸८०¸०००।- ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी गरेको विगो रू.२¸१९¸०३०।– (दुई लाख उन्नाईस हजार तिस) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन,
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादी दान बहादुर के.सी. रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13
प्रतिवादी गोपाल रसाइलीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13
प्रतिवादी राम बल्लभ साहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13
प्रतिवादी नन्द किशोर गुप्तासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13