जिल्ला सिरहा, धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसमेत ५ जना र प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०८।२० गते।
------------------------------------------
 
जिल्ला सिरहा, धनगढीमाई नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा धनगढीमाई नगरपालिकाको आ.व. २०७८/०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदको लागि नेपाल सरकारको स:शर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरु जनसवाल पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गरे/गराएको र ५ प्रकारका औषधिहरु पत्रिकामा प्रकाशित औषधिहरुको मूल्यसूची भन्दा बाहिरको औषधि खरिद गरेको, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (१क) बमोजिम Curex Pharmaceuticals Pvt. Ltd. ले आ.व. २०७८/०७९ को लागि मिति २०७८।०४।१० गते राष्ट्रियस्तरको दैनिक जनसवाल पत्रिकामा प्रकाशित २३७ प्रकारका औषधिहरुको मूल्य-सूची (दररेट) मा नबढ्ने गरी उक्त कम्पनीको आधिकारिक बिक्रेता हेल्पिङ्ग मल्टिपर्पोज प्रा.लि.सँग खरिद गर्नुपर्नेमा खरिद गरेका ३२ प्रकारका औषधिहरुमध्ये १७ प्रकारका औषधिहरु उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको रकम रु.३,४६,३२०।- र ५ प्रकारका औषधिहरु पत्रिकामा प्रकाशित औषधिहरुको मूल्यसूची भन्दा बाहिरको औषधिहरु रु.१,१४,४९०।- समेत गरी जम्मा रकम रु.४,६०,८१०।- (चार लाख साठी हजार आठ सय दश रुपैयाँ) नेपाल सरकार/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बद्‌नियत राखी अङ्कित मूल्य भन्दा अस्वभाविक बढी मूल्यमा औषधि खरिद गरी/गराई झुट्टा विवरणको बिल भरपाईको आधारमा जम्मा रु.४,६०,८१०।- (चार लाख साठी हजार आठ सय दश रुपैयाँ) रकम भुक्तानी गरे/गराएको पुष्टि भएकोबाट देहायका प्रतिवादी उपरर देहाय बमोजिम कसूर तथा सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश... 
 
 
प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10