जिल्ला अदालत, कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्यूटर अपरेटर विकाश पाण्डेय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०८।२१ गते।
------------------------------------------

जिल्ला अदालत, कपिलबस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकाश पाण्डेयले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकाश पाण्डेयलाई सेवाग्राहीबाट रु.२०,०००।-(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा कपिलवस्तु जिल्ला अदालतका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्यूटर अपरेटर विकाश पाण्डेयको आपसी मिलोमतोमा वेरितको वण्डा मुचुल्का बदर गरी पुन: वण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजानार्थ सेवाग्राहीसँग रु.२०,०००।–(बीस हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि भएकोवाट निजहरु सन्तोष कुमार मिश्र र विकाश पाण्डेयले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत कसूर भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९  को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.२०,००० |- (बीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10