जिल्ला अछाम, मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल जिल्ला नुवाकोट, किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रुर्व प्रसाद सापकोटा उपर घुस/रिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०९।२५ गते।
------------------------------------------

जिल्ला अछाम, मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल जिल्ला नुवाकोट, किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रुर्व प्रसाद सापकोटाले मेल्लेख गाँउपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी उपर आयोगको कार्यालय, कञ्‍चनपूरबाट विस्तृत अनुसन्धान भइरहेको उजुरीसँग सम्बन्धित कागजात पेश गर्न भनी आयोगको कार्यालय कञ्‍चनपूरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजात सहितको खाम दिंदा निजलाई अनुसन्धान अधिकृतले आफैले खोलेर दिनु भन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेंलो खाममा रू. १,००,०००।- (एक लाख रूपैँया) रहेकोमा यो के को पैसा हो? भनी सोधपुछ गर्दा मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेको अवस्थामा निजले घुस/रिसवत दिने मनसायसहित ल्याएको उक्त रकमसहित निज ध्रुर्व प्रसाद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको कार्यालयबाट नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा हाल जिल्ला नुवाकोट किस्पाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटा उपर साविकमा जिल्ला अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतले निज प्रतिवादीको वयानसमेतका अनुसन्धानका कार्य गर्दै स्थलगत अनुगमन समेतका कार्य सम्पन्न गरिसकेको अवस्थामा उक्त अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारवाही अगाडि नबढार्इ अनुसन्धान टुङ्ग्याउन अनुसन्धान अधिकृतलाई मोलाहिजा गर्न तथा अनुसन्धानलार्इ अनिष्ट गर्ने गराउने प्रयोजनको लागि घुस/रिसवत रु.१,००,०००।– दिनको लागि उजुरीसँग सम्बन्धित कागजात बुझाउने बहानामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई उक्त घुस/रिसवत रकम दिँदादिँदै उसैबखत निज प्रतिवादी ध्रुर्व प्रसाद सापकोटा अनुसन्धान अधिकृतको उजुरी प्रतिवेदन समेतका आधारमा पक्राउ परेकोबाट निज प्रतिवादीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) ले परिभाषा एवं निषेध गरे/भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (३) बमोजिमको कसूर भएको हुँदा निजलाई बिगो रु.१,००,०००।–(एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी बिगो सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

 
 
प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18