जिल्ला पर्सा, पोखरीया नगरपालिका वडा नं.२ का चन्दन कुमार मिश्र उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१०।०२ गते।
------------------------------------------

साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले घुस/रिसवत लिई भ्रष्टाचार गरेको (मुद्दा नं.०८१-CR-००२१) मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका चन्दन कुमार मिश्रले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयानसमेतको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला पर्सा, पोखरीया नगरपालिका वडा नं.२ बस्ने चन्दन कुमार मिश्रले वादी नेपाल सरकार प्रतिवादी बुद्धि प्रसाद सुवेदी भएको भ्रष्टाचार मुद्दामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले विशेष अदालत, काठमाडौं समक्ष बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टी हुन आएको हुँदा प्रतिवादी चन्दन कुमार मिश्रले साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीलाई साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाई दिन भनी रु.९९,०००/- घुस/रिसवत दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर भएकोले निजलाई बिगो रु.९९,०००/- (उनान्सय हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन एवं प्रतिवादी बुद्धि प्रसाद सुवेदीले लिइसकेको रिसवत रकम रु.९९,०००।- बिगोसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

  
प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

Error
Whoops, looks like something went wrong.