प्रतिवादी ध्रुवराज मरासिनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।३१ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नापी कार्यालय, रुपन्देहीका नापी अधिकृत ध्रुवराज मरासिनी, बिन्देश्वर यादव र सर्भेक्षक ठाकुरप्रसाद गुरौ समेतका प्रतिवादी उपर रुपन्देही जिल्ला साविक दुधराक्ष गा.वि.स. वडा नं. ७क मा जग्गा नियम विपरित कित्ता एकीकरण र गलत फाइल नक्सा तयार गरी सार्वजनिक कुलोको जग्गा ब्यक्तिको नाममा घुसाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको पुष्टि हुन आएकोले उक्त सार्वजनिक कुलोको जग्गाको मूल्याङ्कन अनुसारको रु.१०,६५,२०५.५।- बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३(१) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम जरिबाना गरी उक्त सार्वजनिक कुलोको जग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को ४७ बमोजिम जफत हुन विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।११।१७ को फैसलाबाट सफाई दिएकोमा उपरोक्त फैसलाउपर मिति २०८१।१२।३१ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी दान बहादुर के.सी. रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13
प्रतिवादी गोपाल रसाइलीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13
प्रतिवादी राम बल्लभ साहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13
प्रतिवादी नन्द किशोर गुप्तासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13