भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठसमेत २ जना रू. ४०,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।०७ गते ।
----------------------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु मन्दिप कुमार श्रेष्ठ र रमेशलाल श्रेष्ठलाई सेवाग्राहीबाट रु. ४०,०००।– (अक्षरुपी चालीस हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर म.न.पा. वडा नं. १२, लगनखेल स्थित बसपार्क नजिकबाट मिति २०७७।१०।०६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

 

Download