जिल्ला महोत्तरी, नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साहलाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।


प्रेस विज्ञप्ति:- मिति २०८३।०५।३१ गते ।
----------------------------------------------------

जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. १ स्थित नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साहले जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिनको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज सर्वेक्षक शिव कुमार साहलाई सेवाग्राहीबाट घुस/रिसवत बापत रू.१,००,०००/- (एक लाख रूपैयाँ) लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय अगाडि रहेको खाजाघरबाट मिति २०८३/०५/३० गते नियन्त्रणमा लिइएको र आज मिति २०८३।०५।३१ गते विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको छ।

प्रवक्ता 
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति