जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीलाई रू.९,००,०००/- घुस/रिसवतसहित नियन्त्रणमा लिइएको।
प्रेस विज्ञप्ति:- मिति २०८३।०६।०१ गते ।
----------------------------------------------------
जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीले छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनको लागि अनावश्यक सास्ती दु:ख हैरानी दिई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज नापी अधिकृत डिल्ली बहादुर वलीलाई घुस/रिसवत बापत रू.९,००,०००/- (नौ लाख रूपैयाँ) लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला काठमाडौं, टोखा नगरपालिका वडा नं. ०५ वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट मिति २०८३/०५/३१ गते नियन्त्रणमा लिइएको र आज मिति २०८३।०६।०१ गते विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
Tweet