अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलद्वारा कपिलवस्तु र अर्घाखाँचीमा सामुदायिक शिक्षा कार्यक्रम सम्पन्‍न ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलद्धारा मिति २०७९/०१/१६ गतेको दिन जिल्ला कपिलवस्तु, मायादेवी गाउँपालिका, वडा नं १ स्थित श्री छत्रपाली तिर्थादेवी उच्च माध्यमिक विद्यालयमा सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगको कार्यालय बुटवलका नापी अधिकृत दिनेश लामिछानेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा मायादेवी गाउँपालिकाका कर्मचारी, बिद्यालय ब्यबस्थापन समिति, शिक्षक, अभिभावक संघका प्रतिनिधि तथा बिद्यालयका कर्मचारी र बिद्यार्थी समेत गरी ९४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगको कार्यालय बुटवलका शाखा अधिकृत गोकर्णराज घिमिरेले भ्रष्टाचारको बिबिध पक्षहरु, बिद्यार्थी तथा नागरिक समाजले खेल्न सक्ने भूमिका तथा सुशासन प्रवर्द्धनका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले भ्रष्टाचार नियन्त्रण गर्न घरबाटै सुरुवात गर्नुपर्ने, बिद्यालयका प्रतिनिधिले कार्यक्रममा सिकेका कुरा बिद्यार्थीहरुले ब्यबहारमा उतार्ने अपेक्षा गरेको तथा बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधिले बिद्यार्थीहरुले भ्रष्टाचार भएमा खबरदारी गर्नुपर्ने मन्तब्य दिनुभएको थियो । कार्यक्रमका अध्यक्ष नापी अधिकृत दिनेश लामिछानेले सबै क्षेत्रको सहयोग र सहकार्यमा भ्रष्टाचार न्यूनिकरण हुने मन्तब्यका साथ कार्यक्रमको समापन गर्नुभयो। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलद्वारा मिति २०७९/०१/२० गतेको दिन जिल्ला अर्घाखाची, मालारानी गाउँपालिका, वडा नं ६ स्थित श्री सिद्धार्थ  माध्यमिक विद्यालयमा सामुदायिक शिक्षा कार्यक्रम संचालन भएको छ । आयोगको कार्यालय, बुटवलका शाखा अधिकृत बाबुराम पौडेलको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, शिक्षक, गाउँपालिकाका कर्मचारी र बिद्यार्थी समेत गरी ६६ जनाको सहभागिता रहेको थियो ।कार्यक्रमका अध्यक्षले भ्रष्टाचारका बिबिध पक्षहरु, बिद्यार्थी तथा नागरिक समाजले खेल्नसक्ने भूमिका र सुशासन प्रवर्द्धनका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले यस्ता कार्यक्रमबाट भ्रष्टाचार नियन्त्रणमा आफ्नो भूमिकाको जानकारी भएको र बिद्यालयका प्रधानाध्यापक राम बहादुर खड्काले बिद्यार्थी र नागरिकमा यस्ता कार्यक्रमले प्रश्न गर्ने संस्कृतिको विकास हुने मन्तब्य दिनुभएको थियो । कार्यक्रमका अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभयो ।


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16